काठमाण्डौँ –नेपालमा अत्यधिक आयात तथा विदेश घुम्न जाने नेपालीले सटही गरेर विदेशी विनिमयको सञ्चितिमा भार पर्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ ।
साथै विदेसि बैंकबाट पैसा ल्याउन बैंक तथा वित्तीय संस्थालाई सहजीकरण पनि गरेको छ ।
चालू खातामा घाटा र शोधनान्तर घाटा बढ्दै गएपछि सरकारले विदेश जाने नेपालीलाई दिँदै आएको डलरमा सटही सुविधा १ हजारले कमी गरेर २ हजार ५ सय अमेरिकी डलरबाट घटाई १ हजार ५ सय डलर मात्रै दिने निर्णय गरेको छ ।
तर, नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै उद्योगी व्यवसायीको हकमा भने १० हजार रुपैयाँ भुक्तानी दिन सक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले टिटी मार्फत गरिने आयातको भुक्तानीमा पनि रकम कटौती गरेको छ ।
४० हजार अमेरिकी डलरसम्म टिटीमार्फत पाइने सुविधालाई ३० हजार अमेरिकी डलरमा झारेको छ ।
देशबाट भित्रिने रकमभन्दा बाहिरिने रकम बढेको तथा अमेरिकी डलरको बढ्दो मूल्यले विदेशी मुद्रा सञ्चिति घटेको तथ्यांक भने राष्ट्र बैंक आफैंले सार्वजनिक गरेको छ ।
चालू खाता र शोधान्तर खाता ओरालो लागेकाले घाटाको अन्तर अझ नलम्बियोस् भन्नका लागि नेपाल राष्ट्र बैंकले परिपत्र मार्फत केही नियमन गरिएको पनि जनाएको छ ।
FACEBOOK COMMENTS