काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ ।
बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ ।
बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।
FACEBOOK COMMENTS