काठमाडौं, माघ १- नेपाल राष्ट्र बैंक, मुक्तिनाथविकास बैंक तथा देवःविकास बैंक लिमिटेडबीच आरटिजिएस (RTGS) प्रणाली सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र,मुक्तिनाथविकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवःविकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चातभुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
FACEBOOK COMMENTS