मदन तिमल्सेना तनहुँ, २३ चैत्र – नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले बिपन्न एवं दैनिक मजदुरी गरि खानेहरुलाई अाज शनिबार राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाका अध्यक्ष रामदत्त पाैडेलको नेतृत्वमा व्यास १० को विभिन्न टोलमा गएर राहत वितरण गरेको थियो । उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले राहत वितरण दैनिक जीवनयापन गर्न गाह्रो हुनेहरुको नामावली वडा कार्यालयले सबै टोल विकास संस्थाहरुसंग मागी संकलन गरिएको नामावली रहेको स्पस्ट पार्दै भने ‘हामीले यसको अाधारमा नै राहत वितरण गरिरहेका छौ, यसमा सर्वपक्षीय बैठकबाट छानिएकाहरुले मात्र राहत पाउने छन्’ । साथै नगर प्रमुख न्यौपानेले राम्रो काम गरेको भन्दै दुम्सीकोट उपशाखालाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा व्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, वडा सदस्य लक्ष्मी परियार , नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा कार्यसमितिहरुको उपस्थिति रहेको थियोे । ८६ घरघुरीलाई रु १ लाख ५० हजार बराबरको राहत स्वरुप चामल , नुन, साबुन र तेल वितरण गरेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा अध्यक्ष रामदत्त पाैडेलले जानकारी दिए । व्यास १० मा २८ वटा टोल रहेकामा ती मध्ये १९ वटा टोल टोलमा गएर ८६ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।
FACEBOOK COMMENTS