काठमाण्डौँ — नेपाल र कम्बोडियाबीच सातामा १४ वटा उडान गर्ने हवाई सम्झौता भएको छ ।
काठमाण्डामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले सम्झौतामा हस्ताक्षर गरे ।
‘कम्बोडिया नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक भएकोपर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका उपसचिव प्रमोद नेपालले बताए ।
यो सम्झौतापछि अब नेपाली तथा कम्बोडियाका वायुयानले एकअर्का मुलुकमा सातामा १४ वटासम्म उडान भर्न पाउने छन्।
यो सम्झौताले कम्बोडिया र नेपालका वायुयान कम्पनीहरुले तेस्रो मुलुकका वायुयान कम्पनीसँग सीधा कोड सेयर गरेर सेवा सञ्चालन गर्न पाउने भएका छन्।
— कान्तिपुर
FACEBOOK COMMENTS