काठमाण्डौँ — नेपाल र जापानबीच सिधा हवाई उडान गर्ने बाटो खुलेको छ ।
नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हवाई सेवा सञ्चालनसम्बन्धी कूटनीतिक नोटमा बुधबार हस्ताक्षर गरेका छन् ।
२५ वर्षअघि भएको हवाई सम्झौता गत असारमा नवीकरण गरिएको थियो ।
उक्त सम्झौताअनुसार बुधबार कूटनीतिक नोटमा हस्ताक्षर भएपछि अब हवाई उडान गर्न बाटो खुलेको हो ।
जापानी विदेशमन्त्री कोनोले पनि हवाई सम्झौताअनुसार अब चाँडै उडान भर्न आग्रह गरेका छन् ।
यो सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउँछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS