काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स कन्ट्रयाक्टर एसोसिएसनबीच द्धिपक्षीय सम्बन्ध अभिवृद्धि गर्दै सहकार्यका साथ अघि बढ्ने सहमति भएको छ ।
महासंघ सचिवालय अनामनगरमा शुक्रवार भएको भेटमा महासंघ र एसोसिएसनका पदाधिकारीहरुबीच द्धिपक्षीय सहकार्य गर्दै अघि बढ्ने सहमति भएको हो ।
भेटमा महासंघको नेतृत्व गरेका अध्यक्ष विष्णुभाई श्रेष्ठले दुई देशका निर्माण व्यवसायीहरुको सहकार्यले भविष्यमा थप गुणस्तरीय काम गर्न दुवै पक्षलाई सहज हुने विश्वास व्यक्त गरे । निर्माण क्षेत्रमा प्रविधिको भूमिका महत्वपूर्ण रहेको सन्दर्भमा दुई देशबीच प्रविधि आदानप्रदानमा पनि सहकार्य हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
लाट म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनका प्रविधि अनुसन्धान तथा आर्थिक विकास समितिका प्रमुख समेत हुन् । लाट सहित एसोसिएसनका अन्य पदाधिकारीहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS