काठमाण्डौँ — नेपाल स्थति श्रीलंका राजदुतवास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त आयोजनामा नेपाल र श्रीलंकाबीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल गरिएको छ ।
नेपाल र श्रीलंकाबीच सम्बन्ध कायम भएको ६१औं वर्षका ेअवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुतावासका बिच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
कुटनितिक सम्बन्धलाई अझ गाढा बनाउदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनु पर्दछ भन्ने अभिप्रायले २००६ मा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वरअफकर्मश एण्ड इन्ड्रटिष्ज गठन भएको हो ।
संघ गठन पश्चात द्धिपक्षिय लगानी अभिवृद्धीका सन्र्दमा दुवै देशका उद्यमी व्यवशायीहरु बीच संयुक्त लगानी परियोजनाहरुमा काम अधि बढाइएको नेपाल श्रीलंका उधोग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए ।
उनले नेपाल र श्रीलंकाबीच द्धिपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए ।
खासगरी चिया, जडिवुटी,पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युतआदि थुप्रै क्षेत्रहरु रहेका छन् ।
FACEBOOK COMMENTS