काठमाडौं, माघ ७ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक प्रतिशेयर मूल्य घटाउने भएको छ ।कम्पनीले शेयर खण्डीकरण गरेर शेयर मुल्य ५० रुपैयाँ बनाउन लागेको हो ।
यो नेपाली धितोपत्र बजारमा पहिलो प्रयास हो । हाल कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । अब कम्पनीले उक्त मूल्यलाइ टुक्राइ शेयरधनीलाइ १ कित्ता बराबर दुइ कित्ता शेयर दिने छ ।
कम्पनी उक्त प्रस्ताव आगामी माघ २८ गते हुन लागको साधारण सभाबाट पारित गर्नेछ । कम्पनीले दोस्रोबजारमा सबै लगानीकर्ताको खरिद पहुँच पुर्याउन शेयर संख्या बढाउन लागेको हो ।
FACEBOOK COMMENTS