काडमाडौं, चैत २७- नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।
डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कम्प्युटर तथा मोवाइलका लागि लिंक http://www.nepallife.com.np//images/NepalLife_Calan
एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिंक ttps://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view
यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS