काठमाण्डौ – नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको समेत गरी २३.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
यो हिसाबले कम्पनीले बोनस सेयरको रुपमा १ करोड ९ लाख ९२ हजार ३२१.६२ कित्ता सेयर बोनसको रुपमा वितरण गर्नेछ । यस्तै, नगद लाभांशको रुपमा १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२.२८ रुपैयाँ वितरण गर्नेछ ।
FACEBOOK COMMENTS