७ पुस, काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुल ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
यसमा ३१ प्रतिशत सेयर बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको १ सय कित्ता सेयर हुनेले ३१ कित्ता बोनस पाउने छन् भने २ हजार रुपैयाँ नगद पाउने छन्।
FACEBOOK COMMENTS