काठमाडौं, बैशाख १९- नेपाल वनस्पति घ्यू तेल संघले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २१ लाखको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्यालको समेते उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल वनस्पति घ्यू तेल संघका नि.अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीया समेतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS