काठमाण्डौँ —संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ।
उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिस समेत गरेको छ।
विमानबारे अध्ययन गर्न गठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार गरेको हो।
कांग्रेस सांसद राजन केसी संयोजकत्वको ‘खरिद प्रक्रियामा गम्भीर त्रुटी औंल्याएको अनुसन्धानबाट भ्रष्टाचार भएको र निगमलाई ठूलो आर्थिक क्षति पुर्याएको उपसमितिले ठहर्याएको छ ।
तोकिएको १५ दिनमै उपसमितिले प्रतिवेदन तयार पारेको हो।
विमानको ‘एमओयू’ मा खरिद–बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम ‘टेक अफ’ भार क्षमताभन्दा प्रतिविमान १२ मेट्रिक टन कम भएकाले निगमलाई कुल १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ क्षति पुगेको उपसमितिको ठहर छ।
यो क्षति असुलउपर गर्न पनि निर्देशन दिएको छ।
‘बहाल रहेका तत्कालीन पदाधिकारी निलम्बन गरी अख्तियार दुरूपयोग गरेकोमा थप अनुसन्धान गर्न निर्देशन दिने’ पनि प्रतिवेदनमा उल्लेख छ।
उपसमितिले वाइडबडीमा संलग्न पदाधिकारी निलम्बन गरी कारवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS