काठमाण्डौं, ०४ वैशाख-नेपाल विद्युत नियमन आयोगले इ हेरिङ मार्र्फतनै महसुल निधारण गर्ने भएको छ । यस अघिनै नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष उपभोक्ता विद्युत महसुल निर्धारणको लागि पेश गरेको निवेदन माथि छलफल गर्न २०७६ चैत्र १४, १६ र १७ गतेका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय गरेको थियो । तर निर्धारित सुनुवाई कार्यक्रम कोभिड १९ ले गर्दा स्थगित गरिएको थियो । कोभिडको –१९ को त्रास रहिरहेपनि विद्युत विकाससँग सरोकारित आयोगले महसुल निर्धारणको सरोकारवालाहरुको भेला गरी सार्वजनिक सुनुवाई गर्न लागेको हो । अनुकुल नरहने परिस्थिति देखिएको हुँदा २०७७ जेष्ठ १२ गते सोमबारका सूचना प्रविधिको ब्यापक प्रयोग गर्दै ई हेरिङको माध्यमबाट उक्त विद्युत महसुल निर्धारणको प्रस्ताव उपर सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिक्रिया लिन लागेको आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहल जानकारी दिए । कार्यक्रम आयोजना बिहान११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । आयोगले विद्युत महसुल निर्धारणसंगसंगै डेडिकेट लाईन र ट्रङलाईनको विषयमा पनि केहि निर्णय लिने निजी क्षत्रले अपेक्षा राखेको छ ।
FACEBOOK COMMENTS