काठमाडौं, पुस ८ – नेपाल सरकारले एशियाली विकास ब्यांक (एडीबी)सँग करीब रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता गरेको छ। सरकारले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) परियोजना अन्तर्गत एडीबीबाट उक्त सहुलियत ऋण लिने गरी सम्झौता गरेको हो।
यो ऋणमध्ये विमानस्थलको क्षमता अभिवृद्धि गर्नमात्रै करीब रू. १७ अर्ब ७० करोड रहेको छ । रू. ४ अर्ब ७२ करोड सहुलियत ऋण र बाँकी रू. १ अर्ब १८ करोड अनुदान नदी बेसिनमा आधारिक बाढी जोखिम व्यवस्थापन परियोजनाका लागि भएको एडीबीले जानकारी दिएको छ ।
नेपालले एक करोड डलर अनुदानमा र बाँकी १९ करोड डलर सहुलियत ऋणमा उक्त ऋण लिने सम्झौता गरेको एडीबीले ८ पुस (बुधबार) एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल आवासिय अफिस इन्चार्ज रुदी लुइस हेन्ड्रिकस भानले ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।
FACEBOOK COMMENTS