काठमाडौं, मंसिर २२- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत फुटवल खेलमा नेपालले बंगलादेशलाई १-० ले हराउँदै फाइनलमा पुगेको छ ।
नेपाल शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । नेपाल अब स्वर्णका लागि मंगलवार भुटानसँग खेल्नेछ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालका लागि खेलको ११ औ मिनेटमा सुनील बमले गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।
खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।
FACEBOOK COMMENTS