काठमाडौं, पुस ८ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको कार्यालय यूएनआई शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
नेप्सेको रू. ५० करोड चुक्तापूँजी रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
पूँजी वृद्धि भएपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने हुदाँ उक्त प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS