काठमाडाैं, फागुन २०- लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने उच्च अंकले वृद्धि भएको छ ।
अघिल्लो साता र यस साताको ४ कारोबार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अंकको सुधार भएको हो ।
साताको अन्तिम दिन बिहीवार नेप्से ९०.६७ अंकले बढेर २ हजार ५०६.६८ पुगेको छ । सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ । कूल २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ मा खरिद बिक्री भयो ।
बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ५२.०४, व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, जलविद्युत् ९१.१९, वित्त ३१.०१, निर्जीवन बीमा ३२४.४६, उत्पादन १९०.६८, अन्य १०३.६७, लघुवित्त २०९.०६, जीवन बीमा ५७१.९५, सामूहिक लगानी कोष ०.०२ र लगानी ४.९१ अंकले बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँमा खरिद बिक्री भयो । शिखर इन्स्योरेन्स २४ करोड ४४ लाख ९१ हजार १०७, नविल बैंक २० करोड १७ लाख १८ हजार ८८९, नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८३ लाख ४९ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स रु १७ करोड ९६ लाख ७६ हजार ३७२, ग्लोबल आइएमई बैंक १७ करोड ४४ लाख ९९ हजार २९३ र नेपाल पुनर्बीमा कम्पनीको शेयर १५ करोड ९७ लाख ७९ हजार ४०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

कारोबारका आधारमा बिहीवार सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । किसान लघुवित्त ९.७९, इन्फिनिटी लघुवित्त ९.७१, हिमालयन पावर पार्टनर ९.६७, श्री इन्भेस्टमेन्ट फाइनान्स ९.४३, नेसनल हाइड्रो पावर कम्पनी ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले कमाए ।

एनएमबी–५० का लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतले गुमाउँदा आइसीएफसी फाइनान्स डिबेञ्चर १.७६, ग्लोबल आइएमइ समुन्नत स्किम १.४८, सोल्टी होटल १.४७, नेपाल इन्भेस्टमेन्ट डिबेन्चर १.०९, नबिल इक्विटी फण्ड १.०८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ०.२९, नेपाल एसबीआई डिबेञ्चरका लगानीकर्ताले ०.२९ प्रतिशतले गुमाए ।