काठमाडौं, मंसिर २८ – जनउत्थान सामूदायिक लघुवित्र वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५८ हजार ४०० कित्ता शेयर सूचीकृत गराएको हो ।
यो शेयर सोमवारदेखि धितोपत्र बजारमा कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने हितग्राही खातामा शेयर जम्मा भएपश्चात मात्र खरिद विक्री गर्न सक्नेछन् । कम्पनीले उक्त बोनस शेयर गत असार २७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गराएको थियो ।
बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले सोही सभाबाट १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको थियो ।
FACEBOOK COMMENTS