काठमाडौं, जेठ २४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार सामान्य अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाब आएको बजारमा झिनो अंकले घटेर बन्द भएको हो ।
नेप्सेका अनुसार आज शेयर बजार ०.२१ अंकले घटेर दुई हजार नौ सय ६ दशमलब ७० विन्दुमा थामिएको छ भने १५ अर्ब ८१ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडवील फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ट फाइनान्स कम्पनी, गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, समृद्धी फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र साग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
त्यस्तै, लक्ष्मी बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लक्ष्मी बैंकको शेयरमूल्य आज ३.५८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको ६२ करोड १७ लाख २९ हजारको कोरोबार भएको छ ।
FACEBOOK COMMENTS