काठमाडौँ, मंसिर ५ – शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रू. ५० अर्ब बराबरको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको तीन प्रकारको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले ४ दशमलव ७७ प्रतिशत ब्याजदरको ९ वर्षे अवधिको रू. २० अर्बको २०८६“घ” ऋणपत्र गत असोज १२ गते विक्री गरेको थियो ।
त्यस्तै ७ वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको रू. १० अर्ब बराबरको २०८४“घ” ऋणपत्र असोज २१ गते र १० वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको २०८७“घ” ऋणपत्र कात्तिक २० गते राष्ट्र बैंकले विक्री गरिएको थियो ।
अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी गर्ने गरी विक्री गरिएको उक्त विकास ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने गरी सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । ९ वर्षे अवधिको सावा भुक्तानी २०८६ साल असोज १२ गते , ७ वर्षे अवधिको सावा भुक्तानी २०८४ साल असोज २१ र १० वर्षे अवधिको सावा भुक्तानी २०८७ साल कात्तिक २० गते हुने समेत नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS