काठमाडौं, असोज २० – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले बढेको छ । आज नेप्से ४.१७ अंकले बढेर १ हजार ५८६ दशमलव २९ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार मंगलबार २ अर्ब ५१ करोड बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
कूल १९५ वटा कम्पनीको ९३ लाख ५७ हजार ७ सय ९४ कित्ता शेयर खरिदबिक्री हुँदा भएको नेप्सेले जनाएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ ।
FACEBOOK COMMENTS