काठमाडौं, जेठ २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । हिजो मंगलबार नेप्सेमा उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज शेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।
त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ ।
FACEBOOK COMMENTS