काठमाडौं । शेयरबजार परिसूचक नेप्से लगातार दुई दिनको उच्च गिरावट पछि मंगलबार १९ अंकले सुधारिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक १९.७० अंकले बढ्दै २ हजार ८५१.०९ अंकमा उक्लिएको हो ।
अघिल्ला दुई कारोबार दिन आइतबार र सोमबार क्रमश: ७१ अंक र ४७ अंकले नेप्से घटेको थियो ।
उसो त नेप्से सूचकमा केही सुधार आएपनि आज कारोबार भने घटेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ । ४७ अंकमाथिले घटेको बजारमा अघिल्लो दिन १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । फाइनान्स र होटल तथा पर्यटन सूहको उपसूचक १ प्रतिशतमाथिले बढ्दा अरु सूचक १ प्रतिशत कमले बढेका छन् ।
आज १९५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घटेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर सुपर खुदी हाइड्रोपावर रिडी लाइन इनर्जी कम्पनी र होटल फरेस्ट इनको शेयर मूल्य आज १० प्रतिशतले बढेका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य आज ८.९६ प्रतिशतले घट्न पुगेको छ ।

FACEBOOK COMMENTS