काठमाडौं, २१ मंसिर- नेलम्बो नेपालले पत्रकार महासंघ मुस्ताङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । हिमाली जिल्ला मुस्ताङको लागी निरन्तर खटेर पलपलको सूचनाहरु सम्प्रेषण गर्ने श्रमजीवी पत्रकारहरुको लागी संस्थाले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।
विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन र यसको उच्च जोखिमबाट बच्नको लागि पत्रकारहरुलाइ सहयोग अपरिहार्य रहेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए, उनले भने, हामीले यस्तो महामारीको बिचमा पनि देशको बिभिन्न स्थानहरूमा स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेका छौँ ।
बिशेष गरेर अग्रभागमा खटेर निरन्तर सूचना सम्प्रेषण गर्ने पत्रकारहरुको निम्ती हामीले स्वास्थ सुरक्षा सामाग्री बितरण गरेका हौं, उनले भने । अहिलेको यस्तो बिसम परिस्थितिमा पनि देशको बिभिन्न स्थानहरूमा गएर स्वास्थ सामाग्री सहयोग गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको अध्यक्ष देवकोटाले बताए, उनले भने, अब हामी हिमाली जिल्लातिर पनि अगाडी बढीरहेका छौं ।
त्यसमा मुस्ताङ पहिलो हो, अध्यक्ष देवकोटाले बताए । किनकी निरन्तर अग्रभागमा रहेर पलपलको सूचना सम्प्रेषण गर्नका लागी र सुरक्षीत रहेर कार्य गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हौं , उनले बताए । यसरी स्वास्थ्य सामाग्री सहयोग सँगसँगै मुस्ताङका सम्पूर्ण पत्रकार साथीहरूलाइ केहि मद्धत मिल्छकी भन्ने महसुस गरेको अध्यक्ष देवकोटाले बताए ।
संस्थाद्वारा ती स्वास्थ्य सुरक्षा सामाग्री मुस्ताङका युवा समाजसेवी अबिनास गौचन थकालीलाइ हस्तान्तरण गरेको हो । पोखरामा एक कार्यक्रम गरि कार्यक्रम संयोजक किसन कोइरालाद्वारा करिब १३ हजार बराबरको स्वास्थ्य सामाग्री गौचनलाइ हस्तान्तरण गरेका हुन् । समग्र मुस्ताङका पत्रकारहरुको प्रतिनिधित्व गर्दै गौचनले स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण प्रश्चात मुस्ताङ पठाएका थिए । संस्थाले मास्क, सेनिटाइजर लगायतको स्वास्थ सामाग्री सहयोग गरेको हो ।
संस्थाको यस उदाहरणीय कार्यको उच्च प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ मुस्ताङका उपाध्यक्ष तृष्णा गौचनले सहयोगप्रती हार्दिक आभार प्रकट गरिन । कोरोना भाइरस (कोभिड-१९) को महामारीको बीचमा पनि हरपल खटिरहने पत्रकारहरुको लागी स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुले जिल्लाका सम्पूर्ण पत्रकारहरुलाइ राहतको महसुस समेत भएको गौचनले बताइन, उनले भनिन्, पत्रकार महासंघ मुस्ताङ र अग्रभागमा निरन्तर खटेर सूचना सम्प्रेषण गर्ने पत्रकारहरुको लागि यो राहतले अत्यन्तै महत्व राख्ने बताइन् ।
एकातिर संक्रमणको उच्च जोखिम र अर्कोतिर अत्यन्तै जाडो, त्यसैले पनि सूचना संकलनमा स्वास्थ्य सुरक्षा सामाग्री धेरै नै आवश्यक पर्ने गौचनले बताइन् ।
यस अघि नेलम्बो नेपालले कास्की जिल्लाका बिभिन्न ठाउँहरुमा स्वास्थ्य सुरक्षा सामाग्री, औसधि, खाद्यान्नहरु बितरण गर्दै आइरहेको छ । साथै नेलम्बो नेपालले पोखरामा रहेर कार्य गर्दै आएको पनि करिब ३ बर्ष भैसकेको छ । नेलम्बो नेपालले बिशेष गरेर शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS