काठमाडौं, जेठ ७ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि माउ पार्टीले जस्तै नेपाल विद्यार्थी संघले पनि कडा विरोध गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनताको जीवन रक्षा गर्ने मुल दायित्वलाई बिर्सेर प्रधानमन्त्री केपी ओली लोकतन्त्र र संविधानलाई कमजोर बनाउन लागिपरेको आरोप लगाएका छन् ।
ओलीको सत्ता लम्ब्याउन राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको पनि नेविसंघको आरोप छ ।
नेविसंघले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच गठबन्धन बनेको टिप्पणी गर्दै यो गठबन्धनलाई सधैँका लागि परास्त गरिनुपर्ने बताएको छ ।
FACEBOOK COMMENTS