काठमाडौं, कार्तिक २५ – नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को लाभांश पारित गर्दै आफ्नो ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।साधारणसभाले पारित गरेसंगै अब कम्पनीले २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गर्ने छ ।
सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आ.व. २०७४/७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै उक्त वर्ष कूल रु. ६ अर्ब ४४ करोड ७६ लाख बीमाशुल्क संकलन संकलन भएको र रु. २ अर्ब ५ करोड कूल दाबी भुक्तानी गरेको एवं रु. ४७ करोडको खुद मुनाफा आर्जन गरेको बताइन् ।
यसैगरी आ.व. २०७४÷७५ को अन्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले वृद्धि भई रु. २०.९५ करोड पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्तसम्ममा रु. २१ अर्ब ४७ करोड पुगेको जानकारी सिंहले दिइन् ।
कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्ष सिंहले सभामा उल्लेख गरिन।
FACEBOOK COMMENTS