काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डडेलधूरा शाखा कार्यालयबाट मृत्युदाबी भुक्तानी गरेको छ ।शाखा कार्यालयले स्व पदमराज पन्तको मूत्यु दाबी भुक्तानी स्वरुप आईतबार एक करोड चौविस लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।
पन्तले सन २०२१ फेब्रअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरिद गरेका थिए । २०२१ को मार्च ६ तारिखमा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो ।कम्पनीले पन्तले श्रीमति बिमलादेबी पन्तलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS