काठमाण्डौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५०६ करोड बिमा शुल्क संकलन गर्न सफल भएको छ ।
कम्पनीको ३०औं वार्षिक साधारण सभाले १६९ करोड कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोडको खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
सभाले आ.ब. २०७३/७४को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख २७ हजार १० पनि पारित गरेको छ ।
यसैगरी आ.व. २०७३/७४को अन्त सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १,६९६ करोड पुगेको छ ।
कम्पनीको बिमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४असार मसान्त सम्ममा १७ अरब २९ करोड पुगेको कम्पनीले जनाएको छ ।
अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रिया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी ३ अरब भन्दा बढी हुन जाने जानकारी गराए ।
FACEBOOK COMMENTS