काठमाडौं,चैत १३- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सबै सेवा बन्द गर्ने जनाएको छ । बैंकले कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न सरकारले जारी गरेको लकडाउन अवधिभर आफ्ना सबै कार्यालय बन्द हुने जनाएको छ ।
कम्पनीले अर्का सूचना जारी गरी कार्यालय खुल्ने मितीबारे जानकारी दिने जनाएको छ । साथै कम्पनीले बिमा शुल्क भुक्तानीमा ढिलाइ भएका १५ दिनको लागि किस्तामा व्याज नलाग्ने समेत जनाएको छ ।
FACEBOOK COMMENTS