काठमाडौं–
सरकारले नौविसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि साउनभित्रै टेण्डर आव्हान गर्ने भएको छ।
आगामी चार बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सुरुङमार्गको टेण्डर गर्न लागिएको हो ।
विभागका अनुसार ढिलोमा साउनको अन्तिम सातासम्म टेण्डर खोलिने छ।
जाइकाले डिपिआर अध्ययन सकिसकेको छ,त्यहाँबाट ‘नो अब्जेक्सन लेटर’ पाएपछि टेण्डरमा जाने विभागको भनाई छ ।
सुरुङमार्ग थानकोट नजिकैको बस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ। थानकोटदेखि सुरुङमार्गको पूर्वपट्टि बस्नेछापसम्म २६ किमी शडकमार्ग बन्ने छ । ।
सुरुङमार्गले नागढुंगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने छ जसले इन्धन र यात्रुको समयको बचत गर्ने छ।
महाशाखाले सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया समेत अघि बढाएको छ।
FACEBOOK COMMENTS