शुक्रबार, साउन १६ – धनुषाको जनकपुरधामस्थित, उच्च अदालत र जिल्ला अदालत धनुषाको निश्चित कामकारवाही बाहेक अन्य सबै सेवाहरु बन्द भएका छन । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि आजदेखि साउन ३१ गतेसम्मका लागि निश्चित कामकारवाही बाहेक अन्य सबै सेवा बन्द भएको हो ।
बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय गरिएको हो । लकडाउमा प्रदान गरिंदै आएको निश्चित कामकारवाही बाहेक अन्य कामकारवाही आजदेखि साउन मसान्तसम्मका लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ ।
साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेकाले सुरक्षित र सावधान रहनु पर्ने राय सुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारवाही बाहेक सबै साउन मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS