काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाको भोटेकोशी र सुनकोशी नदी आसपासमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा जारी रहेको तथा आज राति बढी वर्षा भइ बाढी आउनसक्ने भएकाले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको हो ।
कार्यालयले अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना–
FACEBOOK COMMENTS