काठमाण्डौँ — न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ।
‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९’ को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ।
फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ मा न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको हो।
इन्टरनेटको उपलब्धता, सामथ्र्य, प्रासंगिकता तथा तत्परतालगायत विषयलाई आधार बनाएर यसको मूल्यांकन गरिएको हो।
मूल्यांकनका आधारमा न्यून आय भएका देशको सूचीमा नेपालबाहेक अन्य सबै अफ्रिकी मुलुक छन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS