काठमाण्डौँ — पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य बढेको छ।
सचेतनामा भएको वृद्धिले गर्दा बीमा गर्नेको संख्या बढेको हो।
दुई वर्षमा बीमा गर्ने मानिसको संख्या बढेर १७ प्रतिशतमा पुगेको छ।
दुई वर्षअघि ७ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका थिए।
आर्थिक वर्ष २०७३/७४ मा ३५ लाख ६८ हजार १ सय ९६ ले बीमा गरेका थिए।
चालू आर्थिक वर्षको अहिलेसम्म बीमालेख संख्या ४५ लाख ७२ हजार १ सय ४३ रहेको छ।
— नागरीक
FACEBOOK COMMENTS