काठमाण्डौँ – उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ।
दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार विहान ६ः०० देखि शनिबार ६ः०० बजेसम्मको उत्पादन परिमाण ९ सय ३० मेट्रिकटन अर्थात पूर्ण क्षमताभन्दा १३० मेट्रिक टन बढी उत्पादन भएपछि मजदुर र कर्मचारी तथा व्यवस्थापनपक्ष खुसी छन्।
उद्योगका मेकानिकल प्रमुख इन्जिनियर टीका कुँबरले यत्ति धेरै उत्पादन देख्दा सिंगो उद्योग परिवार अचम्मित र खुसी भएको बताए।
यो उत्पादन स्थापनायताकै सबभन्दा बढी परिमाणको भएको कुवरले बताए।‘
उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले पछिल्लो ३ महिनायता पूर्ण क्षमतामा उत्पादन गर्दै आएकामा शनिबार नयाँ कीर्तिमान कायम गरेको बताए।
– नागरीक
FACEBOOK COMMENTS