काठमाडौँ, आश्विन २५ – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो ।
FACEBOOK COMMENTS