काठमाडौं, चैत १० – भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ।
भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ। मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
FACEBOOK COMMENTS