काठमाडौं, चैत १७ – भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ पुगेको छ।
भारतमा केही सातादेखि संक्रमण दर बढ्दै भएको छ। जसकारण कयौं राज्यले निश्चित शहरहरुमा लकडाउन समेत गरिसकेको छ। भारतभर फेरि कोरोना संक्रमण बढ्न सक्ने भन्दै केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह समेत गरिसकेको छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७२० पुगेको छ।
संक्रमितको संख्यासँगै मृत्यु दरपनि उकालो लाग्दै गएको छ। भारतमा पछिल्लो केही दिनयता दैनिक करिब दुई सय जनाको मृत्यु हुँदै आएको छ। मंगलबार बिहानसम्म थप २७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ६२ हजार ११४ जनाको मृत्यु कोरोना संक्रमणका कारण भइसकेको छ।
FACEBOOK COMMENTS