काठमाडौं, मंसिर ४ – पत्रकार गोकर्ण गौतमको निधन भएको छ । २९ वर्षका गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।
कान्तिपुर दैनिकमा कार्यरत गौतमको पछिल्लो समय टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको अस्पतालले जनाएको छ ।
मकवानपुरका गौतमले काठमाडौं बसेर पत्रकारिता गर्दै आएका थिए । उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् ।
FACEBOOK COMMENTS