काठमाडौं, चैत २६ – नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा नारायणप्रसाद अधिकारी विजयी भएका छन् । महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा अधिकारीले जित हात पारेका हुन् । उनले कुल १४६ मत पाए । अध्यक्ष पदमा अधिकारीसँगै तिलकप्रसाद रिमाल र सूर्यप्रकाश कँडेलले पनि उम्मेदवारी दिएका थिए । रिमालले ११२ मत ल्याएका छन् भने कँडेलले ४ मत पाए ।
उपाध्यक्षतर्फ प्रकाशमणि ज्ञवाली विजयी भएका छन् । महिला उपाध्यक्षमा प्रमिता ढकाल विजयी भएकी छन् । सचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहसचिवमा आनन्द पोखरेल विजयी भएका छन् । समावेशी सहसचिवतर्फ उर्गेन तामाङ विजयी भएका छन् । निर्वाचनमा कुल २६६ मत खसेको थियो ।
FACEBOOK COMMENTS