काठमाण्डौँ —सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिन थालेको छ ।
उक्त कन्स्ट्रक्सनले बनाएका सडक र पुल गुणस्तरहीन भएको, समयमै निर्माण नसकेर अलपत्र पारेको गुनासो बढेपछि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिले आइतबारबाट काम सुरु गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा साताअघि समिति बनाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पु कन्स्ट्रक्सनको विस्तृत विवरण मागेको छ ।
समितिलाई १० दिनको समय दिइएको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS