काठमाडौं, भदौ १२ – चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चेंग चोंगेले जुलाईदेखि कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराइरहेको बताएका थिए। उनले विहीवार एक सरकारी मीडितासँगको अन्तर्वातामा विशेष क्षेत्रमा काम गर्नेहरूका लागि भ्याक्सिन दिँदै आएको बताएका हुन्।
चेंग स्वयं सार्स-कोवी-२ भ्याक्सिन उत्पादन गर्ने ‘टास्क फोर्स’को नेतृत्व गर्छन्। उक्त भ्याक्सिन स्वास्थ्यकँर्मी एवं सीमामा तैनाथ अधिकारीहरूलाई आपत्कालिन आवश्यकताका रुपमा दिएको उनको दावी थियो। यो भ्याक्सिनको क्लिनिकल ट्रायल बाहेकको पहिलो घटना हो।
हालसम्म कुन भ्याक्सिन दिइएको हो भन्ने बारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन। चेंगका अनुसार कानूनको पालनासहित उक्त भ्याक्सिनको प्रयोग गरिएको छ।
उनले भने,’हामीले मेडिकल सहमति पत्र, साइड इफेक्ट मोनिटरिङ, रक्षारप्रतिरक्षा मुआब्जा लगायत विषयमाथिको योजनासहित खोप तयार पारेका हौं। यस आपातकालीन प्रयोग व्यवस्थित र निगरानीको दायराभित्र पार्न योजना बनाएका हौं।‘
उक्त खोप केही समयमै दोस्रो समूहमा पनि परीक्षण गर्ने बीबीसी हिन्दीमा जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले दूनियाँ भर बनिरहेका १ सय ७० सम्भावित भ्याक्सिनमाथि निरीक्षण गरिरहेको छ। चीनमा मात्र थुप्रै भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छ। यस चरणमा हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ र त्यसको सुरक्षा एवं प्रभावकारिताको जाँच गरिन्छ।


अगस्ट महिनाको सुरुवातमा एक चीनीयाँ कम्पनीका प्रमुखले आफ्ना कर्मचारीहरूलाई नोभेम्बरसम्ममा खोप आउने बताएका थिए। हेल्थकेयर डिभिजन समेत सञ्चालन गर्ने उनले खोपसँगै आर्थिक उन्नतिको समेत सम्भावना देखेको बताएका थिए। उनले आफ्नो कम्पनीका लागि बिक्री बढाउने मौकाका रुपमा व्याख्या गरे।

त्यसको ठीक १ साता पछि त्यहाँको सरकारले भ्याक्सिन उत्पादनसँग जोडिएको तथ्यगत् जानकारी सार्वजनिक गर्नुपर्यो। चीन भ्याक्सिन निकाल्ने होडमा सबैभन्दा अगाडि हुन चाहन्छ। विश्वभर अन्तिम चरणको परीक्षणमा रहेका ६ मध्य ३ भ्याक्सिन चीनकै हो। चीनमा भने परीक्षण सम्भव छैन किनकि त्यहाँ संक्रमण फैलन रोकिएको छ। परीक्षणका लागि संक्रमण फैलँदो देशमा भ्याक्सिन पठाउनु पर्छ। हङकङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बीबीससँग भनेका छन्,’भ्याक्सिन निर्माता तेस्रो चरणको ट्रायलका लागि कोभिड-१९ अझै फैलिएको ठाउँ खोज्दैछन्।‘ उनी चीनसँगै अन्य दुई देशले बनाएको भ्याक्सिनलाई लिएर आशावादी छन्।
चीनको एक सरकारी मीडियाले एक साता पहिले नै भ्याक्सिनको फोटो समेत सार्वजनिक गर्यो जसमा एक महिला भ्याक्सिनको ब्रान्डेड बक्सा लिएर उभिएकी छिन्।
सिनोफार्मा कम्पनीले डिसेम्बरसम्ममा खोप निस्कने आशा व्यक्त गरेको छ। एउटा भ्याक्सिनको १ सय ४० डलर पर्न सक्ने समेत जनाएको छ।
चीनका नेशनल हेल्थ कमिसनका जेंग जान्गवीले सरकारी टिभीमार्फत सरकारले श्रमिकहरूमा गुप्त रुपले भ्याक्सिनको परीक्षण गरिरहेको बताएका थिए। उनले भ्याक्सिन बन्नसाथै संक्रमणको जोखिम रहेको हरेक ठाउँमा पुग्न अत्यन्त आवश्यक भएको बताए। सन् २०२१ को गर्मीसम्ममा सबैतिर भ्याक्सिन उपलब्ध हुने बताएका छन्।
हाल संयुक्त अरब एमिरेट्स, पेरू र अर्जेन्टिना जस्ता देशमा भ्याक्सिनको ट्रायल हुँदैछ। यो दूनियाँ भरका देश र औषधी कम्पनीहरू बिच भइरहेको साझेदारी हो। केही भ्याक्सिन प्रचार बिना परीक्षण भइरहेका छन्।
चीनले भ्याक्सिन बने लगत्तै अफ्रिका र एसियाका देशहरूमा भ्याक्सिन पहिले पुर्याउने संकेत दिएको छ। तर, यूरोपका एक अधिकारीले भ्याक्सिन निर्माणलाई चीनको ुमास्क डिप्लोमेसीु प्रोपागान्डाको हवाला लिए। भने,’भ्याक्सिन डिप्लवमेसी’का साथ चीन प्राभवशाली स्थितिमा रहन्छ र यो सोचेर उठाइएको कदम हो। चीनले यसको अनुसन्धानमै धेरै खर्च गरेकव छ।‘