काठमाडौँ — पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूको खोज तथा उद्धार कार्य अब नेपाल प्रहरीमार्फत हुने भएको छ ।
अहिले फर्जी बिरामी बनाई बिमा शुल्कमार्फत चर्को रकम असुल्दै आएका ट्रेकिङ एजेन्सी र हेलिकप्टर कम्पनीहरूले गर्दै आएको र अब नेपाल प्रहरीमार्फत हुने भएको हो ।
पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलले गत साता मन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको प्रतिवेदनले उद्धारजस्तो मानवीय कार्यलाई अबदेखि प्रहरीमार्फत गराउन यस्तो सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता प्रकाश शर्माले बताए ।
उनले यसै शरदकालीन सिजन (सेप्टेम्बर–नोभेम्बर) देखि लागू हुने गरी नेपालभित्र हुने पर्यटक उद्धार सम्बन्धी सबै कार्य नेपाल प्रहरीबाट गराउन कार्यदलले सिफारिस गरेको बताए ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वको कार्यदलले यस विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन बाँकी छ ।
मन्त्रिपरिषद्ले पारित गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटक उद्धार समन्वय कक्ष’ हुनेछ ।
त्यहाँ राखिने टोल फ्री नम्बर टेलिफोनबाट प्राप्त हुने सूचनाका आधारमा प्रहरीले उद्धारका लागि हेलिकप्टर उडाउने अनुमति पाउनेछ ।
– कान्तिपुर
FACEBOOK COMMENTS