सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने भन्दै पुनरुत्थानका लागि ५० अर्ब रुपैयाँको पर्यटन कोष स्थापना गर्ने भएको छ ।
बिहीबार आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब रुपैयाँको पर्यटन कोष स्थापना गरिने घोषणा गरेका हुन् । जसबाट पाँच प्रतिशत ब्याजमा सहुलियत ऋण उपलब्ध गराइने भएको छ ।
FACEBOOK COMMENTS