अन्जनराज न्यौपाने
तनहुँ ,फागुन १३- नेपाल भ्रमण बर्ष २०२०को सान,पहाडकी महारानी मिर्लुङकोटको पहिचान भन्ने मुलनाराका साथ फाल्गुन १६ गतेदेखि २० गते सम्म मिर्लुङकोट महोत्सव शुरुहुने भएको छ।
जिल्ला स्थित भानुनगरपालिका(१३ मिर्लुङकोटमा ५ औं मिर्लुङकोट महोत्सव हुने भएको हो।
समुन्द्र सतहबाट १६ सय ५४ मिटर लामो मिर्लुङकोटको ऐतिहासिक पर्यटीय स्थलहरुको प्रवर्द्धन ,संरक्षण र प्रचारप्रसार तीब्र बनाउने उदेश्यका साथ उक्त महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक शम्शेर लम्सालले बताए ।
संयोजक लम्सालले महोत्सवमा पर्यटन विकास सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ। विभिन्न साँस्कृतिक झाँकि प्रदर्शन गरिने ,ख्याती प्राप्त राष्ट्रिय स्तरका लोक दोहोरी गायकहरुको जोड्दार प्रस्तुति मुलक कार्यक्रम रहने बताईएको छ।
उक्त स्थानहरूमा प्रसिद्ध धार्मिक एब्म् पर्यटकीय तिर्थ स्थल भ्रमण गर्ने ब्यास्था गरिएको छ।
यसैगरी ,विभिन्न कृषि तथा जडिबुटी प्रदर्शनी,साँस्कृतिक ग्राम भ्रमण ,होमस्टेको राम्रो ब्यबस्थापनकालागि पर्यटन महोत्सव आयोजना गरिएको मिर्लुङ कोट पर्यटन महोत्सवका प्रवक्ता ईमानबहादुर थापाले जानकारी दिए।
प्रवक्ता थापाका अनुसार ,महोत्सवमा स्थानीय ८३ वटा जडीबुटी तथा कन्दमुलको प्रदर्शनी तथा खरिद विक्री,अर्गानिक स्थानीय खानाका परिकार ,स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुबीच दोहोरो गीत कार्यक्रम ,जिल्ला स्थित विभिन्न जातीय भेषभूषा,झाँकी तथा मौलिक संस्कृति झल्काउन महोत्सवको थप आकर्षण रहेको १६ जिल्ला अबलोकनगर्न सकिने ,उक्त स्थलबाट फेवा,रुपा बेगनास,२२ सय२४ राजाहरुको भगनाबसेष देख्न सकिने,रानी पोखरी ताल,तामाको पहरो,मिर्लुङ भयरथान कुवा,बाघको खोर,देउराली डाँडस्थल, बयाँपानी, ज्यामरुककोटको लालीगुराँसहरुको दृश्य ,ठेलो हाल्ने ढुङ्गा ,फ्रि वाईफाइ को ब्यबस्थापन गरिएको छ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
FACEBOOK COMMENTS