काठमाडौं, मंसिर १९ – पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल तीन महिना थप गरेको छ ।जोशीको कार्यकाल यही पुस ७ गते सम्म मात्र रहेको थियो।
भ्रमण वर्षको मुखैमा बोर्ड अभिभावकविहीन हुने र नयाँ नियुक्तीका लागि समेत कम्तीमा २ महिना समय लाग्ने भएकाले उनको कार्यकाल ३ महिना थप गरिएको हो ।
बुधबार पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन खुलाएको थियो । बोर्डमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका ३ जनाले जोशीको कार्यकाल थप गर्नुपर्ने बताएका थिए ।
FACEBOOK COMMENTS