काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क वर्षको कार्ययोजना सार्वजनिक गर्दै सोमबार ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।
तर पर्यटन मन्त्रीको घोषणालाई निजी हवाईक्षेत्रका कम्पनीले अहिलेकै अवस्थामा नागरिकलाई कुनै पनि निश्चित छुट दिन नसकिने बताएका छन् ।
मन्त्रीले निजी क्षेत्र संग समन्वय नगरी घोषणा गरेको भन्दै निजी क्षेत्रको नियन्त्रणको कदम रहेको संकेत गरेका छन् ।
नेपाल वायुसेवा सञ्चालक संघले अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नहुने बताएको छ ।
संघले मन्त्रलयमा पठाएको पत्रमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैन’ भनिएको छ ।
संघले निजी एयरलाइन्सहरू आफैंले छुट दिन नसक्ने तर राज्यले छुट दिने नीति लिएमा त्यसको कार्यान्वयन गर्न भने तयार रहेको बताएको छ।
FACEBOOK COMMENTS