काठमाण्डौँ — पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा फलामको जाम बढेको छ।
ढुवानी साधनमा लगाइएको वजन सीमाका कारण त्यहाँबाट बाहिरिने परिमाण घटेपछि सुक्खा बन्दरगाहको हाताभित्र भारतबाट रेलमार्ग हुँदै आयात गरिएको करिब ५० हजार टन फलाम थन्किएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयमार्फत औद्योगिक कच्चा पदार्थको रुपमा फलाम आयात हुने गरेको छ।
पछिल्लो समय ट्राफिक प्रहरीले गाडीको एक्सल क्षमताका आधारमा ऐनमा उल्लेख भएभन्दा बढी तौल ढुवानी गर्न रोक लगाएपछि फलाम थुप्रिएको हो।
गत भदौ यता पथलैयास्थित ट्राफिक प्रहरी कार्यालय, प्रदेश २ ले ढुवानी साधनलाई क्षमताभन्दा बढी फलाम ओसारपसार गर्न रोक लगाएको छ।
यसबाट कच्चा पदार्थको रुपमा आयातित फलाम ढुवानी प्रभावित भएको उद्योगी बताउँछन्।
— नागरीक
FACEBOOK COMMENTS